संसद बैठकमा राम्रोसँग नसुन्दा रास्वपाका सांसदहरु यसरी हाँसोका पात्र बने

डिसी नेपाल
२८ वैशाख २०८० १३:३२
4.2k
Shares

काठमाडौं । बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु हाँसोका पात्र बनेका छन् । कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेको भनाइलाई ठिकसँग नसुनेर अर्कै अर्थमा बुझ्दा उनीहरु हाँसोको पात्र बनेका हुन् ।

बैठकमा बोल्दै कांग्रेसकी सांसद न्यौपानेले नयाँ पुस्ताका महिला सांसदलाई इंगित गर्दै ‘नयाँ पुस्ताका विदुषी माननीयज्यूहरु’ भनेकी थिइन् । विदुषी शब्द विद्वान शब्दको स्त्रीलिङ्ग जनाउने शब्द हो । तर, रास्वपाका सांसदहरुले ‘विदुषी’ शब्दलाई विदेशी सुने ।

सांसद न्यौपानेको भनाइ सकिँदा नसकिँदै रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाए । उनले सांसद न्यौपानेले ‘नयाँ पुस्ताका विदेशी सांसद भनेर कसलाई भन्न खोजेको हो ?’ भन्ने प्रश्न गरे । उनको भनाइमा रास्वपाका अन्य सांसदहरुले टेबल ठोकेर समर्थन गरे जसको अर्थ उनीहरुले पनि सांसद न्यौपानेले ‘विदेशी’ भनेको नै ठानेका थिए ।

उनको प्रश्नपछि सांसद न्यौपानेले जवाफ दिन समय मागिन् । उपसभामुख इन्दिरा रानाले समय दिएपछि उनले भनिन् ‘मेरो सम्बोधन लिखित नै छ । मैले विदुषी भनेकी हुँ । विदुषी भनेको विद्वान हैन र ?’ उनको भनाइको कांग्रेसका सांसदहरुले पनि टेबल ठोकेर समर्थन गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.