आज पनि एमालेको केन्द्रीय समिति बैठक, अध्यक्ष ओलीले जवाफ दिने
काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। गत बिहीबारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रीय समिति बैठक बस्न लागेको हो।
शुक्रबार बसेको बैठकमा गैर-भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो।
जसअनुुुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतिबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ-आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए। सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल सुरु गरिएको थियो।
आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment