बेलायतमा वायु ऊर्जा बिजुलीको मुख्य स्रोत बन्यो

डिसी नेपाल
३० वैशाख २०८० १०:०९
132
Shares

काठमाडौं । बेलायतमा पहिलो पटक ग्यासबाट भन्दा वायु उर्जाबाट बढी बिजुली उत्पादन भएको छ । इम्पेरियल कलेज लन्डनको अनुसन्धानका अनुसार यस वर्षको पहिलो तीन महिनामा देशको एक तिहाइ बिजुली हावा फार्मबाट उत्पादन भएको थियो।

बेलायतको नेशनल ग्रिडले पनि अप्रिलमा रेकर्ड सौर्य ऊर्जा उत्पादन भएको पुष्टि गरेको छ । बेलायतले सन् २०३५ सम्ममा आफ्ना सबै विद्युत उत्पादनका लागि नेट जीरो उत्सर्जन गर्ने लक्ष्य राखेको छ।

इम्पेरियल कलेजका ऊर्जा अनुसन्धानकर्ता लेन स्टाफेलले भने, “पूरै जीवाश्म इन्धन-मुक्त ग्रिडको लक्ष्य हासिल गर्न अझै धेरै बाधाहरू छन्।”

बेलायतमा सौर्य र वायु ऊर्जा उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ।

सन् २०२३ को पहिलो त्रैमासिकमा नवीकरणीय ऊर्जाले बेलायतको विद्युत उत्पादनको ४२ प्रतिशत हिस्सा ओगटेको छ।

ग्यास र कोइला जस्ता जीवाश्म ईन्धनले विद्युत उत्पादनको ३३ प्रतिशत हिस्सा ओगटेको छ ।

तर, बीबीसीको अनुसन्धानका अनुसार ग्रिडमा जडान नहुँदा अरबौं पाउण्डको हरित ऊर्जा परियोजनाहरू बेलायतमा अलपत्र परेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *