परीक्षण (कविता)

डिसी नेपाल
३० वैशाख २०८० १४:२०
160
Shares

हरेक बिहानले मलाई गिजोल्न खोज्छ
आफ्नै आवेग भित्र बदल्न खोज्छ
उठाउछ बेढङ्गसग आफ्नै तालमा
मदमस्त म गिजोलिन्छु उसै तालमा।

हरेक दिनले मलाई परिक्षण गर्छ
कहिले को संग त कहिले को संग
कहिले मिलाउछ कहिले छुटाउछ
कहिले चित्त बिरूद्धमा युद्ध हुन्छ
अनि अबस्थाहरूमा पिडित हुन्छु।

हरेक पलहरु मसँग जिस्कन्छन्
मलाई गिज्याउँछन यथास्थितीमा
फरकपनमा जीउनेहरुको कला
यतै बजारमा उम्लिरहेको छ
खोज् न खोज् मलाई आफैमा।

हरेक अबस्थाहरू मलाई नाप्न्छन्
कहिले शब्दहरूमा कहिले भावमा
अबस्थाहरू मलाई घचेडिरहन्छन
कहिले आफै भावनामा उचालिन्छु
कहिले आफै बिबश सम्झौता गर्छु।

हरेक भाबनाहरू मलाई परिक्षण गर्छन्
हरेक यादहरूमा कहिले आफैलाई खोज्छु
हरेक यादहरूमा कहिले आफै हराउछुँ
बिबशताको प्रतिबिम्बमा यथार्थता भित्र
म प्रत्येक पलमा परिक्षणमा रहेको छु।

जीवन आफैमा जीवित रहने कला हो कि
परिक्षण हो कि प्रकृति र जीवन आफैमा
हरेक क्षणले कुनै न कुनै रूपले जीवनमा
अनेकौं प्रकारले परिक्षण लिए जस्तो
कहिले जीवन आफु आफैमा ब्युतिदिन्छ
कहिले जीवन आफै आफैमा मरिदिन्छ
आभाष र अनुभूति आफैमा परिक्षणमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *