मन्त्री किराती भन्छन्- देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेल हाल्नुपर्छ

डिसी नेपाल
३० वैशाख २०८० १५:१७
136
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेलमा हाल्नुपर्ने बताएका छन्।

बाहिङ किरात मुलुखिमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको भन्दै देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेलमा हाल्नुपर्ने बताएका हुन्।

नेपालीलाई सुख र नेपालको बिकास र समृद्धि होस भनेर लोकतन्त्र ल्याएको भन्दै उहाले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको धारणा राखे। मन्त्री किरातीले अव ढिलो नगरि ठूला ठूला भ्रष्टाचारका फाइलहरु खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्नेमा जोड दिए।

हिजोसम्म देशको गृह प्रशासन चलाउनेहरु नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको भन्दै उहाले समय भन्दा ठूलो केहि नभएको जिकिर गर्नुभयो । अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले अव दुबै कुराको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा मन्त्री किरातीले बाहिङ–नेपाली–अग्रेजी शव्दकोष बिमोचन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.