कर्नाटकमा जितेपछि राहुल गान्धीले भने, ‘घृणाको बजार बन्द भयो, प्रेमको पसल खुल्यो’
नयाँदिल्ली। कर्नाटकको निर्वाचन कांग्रेसका पक्षमा आएपछि सो पार्टीका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएको जनाएका छन्। भारतीय जनता पार्टीलाई पराजित गर्दैै कांग्रेसले स्पष्ट बहुमत ल्याए पछि गान्धीले कर्नाटकवाट प्रेमको दुकान खुलेको टिप्पणाी गरेका छन्।
‘कर्नाटकमा घृणाको बजार बन्द भयो, प्रेमको पसल खुल्यो,’ गान्धीले निर्वाचन परिणाम पछि भने, ‘कर्नाटकमा जनताको शक्तिले क्रोनि क्यापिटलिस्टलाई पनि हराएको छ।’
कर्नाटकमा कांग्रेसले सरकार बनाउन आवाश्यक ११३ सिट भन्दा बढी अर्थात १३६ सिटमा बिजय हासिल गरेको छ भने भाजपा ६५ सिटमा सिमित हुन पुगेको छ। यसैगरी, जेडिएस १९ सिट र अन्यले ४ सिटमा बिजय हासिल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबिच, कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले गभर्नरलाई राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment