पहिले भव्य पार्टी दिएर एकैछिनमा ठूलो झट्का, कम्पनीको सरप्राइजले कर्मचारीहरूको होश उड्यो
काठमाडौं । एक कम्पनीले पहिले आफ्ना कर्मचारीहरूलाई भव्य पार्टी दियो, त्यसपछि केही समयमै ठूलो झट्का दियो । कम्पनीले करिब १३ प्रतिशत कर्मचारीलाई निकाल्यो । कम्पनीको यो निर्णयले कर्मचारीहरु छक्क परेका छन् । यसबारे सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
टेकक्रन्चको रिपोर्टका अनुसार अमेरिकामा रहेको साइबर सेक्युरिटी फर्म बिशप फक्सले आफ्ना कर्मचारीहरूका लागि भव्य पार्टी गरेको केही समयपछि नै कामबाट हटाउने घोषणा गरेको थियो। कम्पनीले १३ प्रतिशत कर्मचारीलाई बाहिरको बाटो देखायो । यो निर्णयका कारण करिब ५० कर्मचारीले जागिर गुमाएका छन् । मे २ मा निकाल्नुअघि फर्ममा ४ सय कर्मचारी थिए ।
विशप फक्सको यो निर्णय साइबर सुरक्षा सम्मेलन आरएसएमा सामेल भएको केही दिनपछि आएको हो। उक्त सम्मेलनमा कम्पनीले आफ्ना कर्मचारीहरुलाई पार्टी दिएको थियो, जसमा ब्राण्डेड पेय पदार्थहरु सर्भ गरिएको थियो । तर, कम्पनीले आरएसए पार्टीमा कति खर्च गरेको भन्ने खुलाउन अस्वीकार गरेको छ ।
अप्रिलको अन्त्यमा धेरै कर्मचारीहरूले ट्विटरमा पार्टीको तस्बिरहरू साझा गरे र उनीहरूले पार्टीको आनन्द उठाए। तर, केही दिनपछि उनीहरूमध्ये केहीले कम्पनीमा कर्मचारी कटौतीको खुलासा गरे । धेरै कर्मचारीहरूले यो कटौतीलाई ‘अप्रत्याशित’ भनेका छन्। तिनीहरूमध्ये एकले यो पनि भने कि कटौती “आन्तरिक पुनर्संरचनाको कारण” भएको थियो ।
बिशप फक्सका प्रवक्ता केभिन कोशले पार्टीको सन्दर्भमा ईमेलमा भने – आरएसए कार्यक्रम धेरै महिना पहिले बुक गरिएको थियो। आगामी दिनमा यस्ता कार्यक्रमहरु थप गरिदै जानेछ । कम्पनीका सीईओ भिन्नी लिउले भने, ‘हामीले विश्वव्यापी आर्थिक अवस्थालाई सम्बोधन गर्न र हाम्रो व्यवसायलाई थप प्रभावकारी बनाउन यी परिवर्तन गरेका हौँ । हाल, हाम्रो व्यापार स्थिर र बढ्दै छ। हामीले बजारको अनिश्चितता र लगानीको प्रवृत्तिलाई बेवास्ता गर्न सक्दैनौं।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment