प्रतिनिधिसभाको कार्यसुचीमा एक बुँदा थपियो, यस्तो छ नयाँ कार्यसुची

डिसी नेपाल
१ जेठ २०८० १३:१८
568
Shares

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठकमा एक कार्यसुची थप भएको छ। संघीय संसद  सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसुची भन्दा थप एक विषय थपेर नयाँ कार्यसुची सार्वजनिक गरिएको छ।

जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस’ भनी समितिमा रहने माननीय सदस्यहरुको नामावली प्रस्ताव हुने भएको छ।

प्रतिनिधिसभाको दोस्रो अधिवेसनको पाँचौ बैठक सुरू हुन लागेकाे छ।  बैठक अपरान्ह १ बजे, बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भनिएकाे थियाे।

यसअघि सार्वजनिक भएकाे कार्यसुचीमा दुइवटा मात्र बुदाँ उल्लेख  थियाे।

जसअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) विद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन्।

यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसुचीमा संविधानसभा सदस्य पुरोषत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिए। बस्नेतको गत २०८० बैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *