रुसले फेरि युक्रेनमा धेरै मिसाइल प्रहार गरेपछि तनाव बढ्यो

डिसी नेपाल
२ जेठ २०८० १४:४७
508
Shares

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा फेरी एक पटक भारी हवाई आक्रमण गरेको छ ।

यो महिनामा यो लगातार आठौं आक्रमण हो। आक्रमणमा तीन जना घाइते भएको समाचार छ । एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्र खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

युक्रेनी सरकारले क्षेप्यास्त्र आक्रमणको क्रममा भग्नावशेष खस्ने डरले मानिसहरूलाई झ्यालबाट टाढा रहन भनेको छ।

किभका मेयर भिटाली किलित्स्कोले रकेटका केही भग्नावशेष मध्य जिल्लाहरूमा खसेको बताएका छन्।

चिडियाखानामा पनि भग्नावशेष खसेको छ । रुसले गरिरहेको आक्रमणमा ड्रोन र मिसाइल दुवै प्रयोग भइरहेको छ । कीभका अधिकारीहरूले यी आक्रमणहरू निकै भयानक भएको बताएका छन्।

किभको सैन्य प्रशासनका प्रमुख सेरी पोप्कोले छोटो अवधिमा धेरै मिसाइलहरू एकैसाथ प्रयोग भइरहेको बताए।

उनले किभमा धेरैजसो रुसी आक्रमण असफल भएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *