राष्ट्रिय गौरवका आयोजनाका पदाधिकारी सरुवा नहुने व्यवस्था गर्नुपर्छः राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

डिसी नेपाल
२ जेठ २०८० २०:१७
44
Shares

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै पूरा गर्न आयोजनामा कार्यरत पदाधिकारीको सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताएका छन्।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले तोकिएको समयमा काम पूरा गर्नेगरी पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।

“राष्ट्रिय गौरवका आयोजना समयमा पूरा भएका छैनन्, यस्ता आयोजना समयमा पूरा नगर्ने जिम्मेवार पदाधिकारीलाई अन्यत्र सरुवा नहुने व्यवस्था सरकारले गर्नुपर्छ”, उनले भने, “त्यसो गरियो भने जवाफदेही सोही पदाधिकारीको हुने भएकाले काम समयमै सम्पन्न हुन्छ।”

उनले उपलब्ध भएसम्म विकास, निर्माणका काममा स्वदेशी कच्चा पदार्थको उपयोग गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना भनेर जथाभावी नामकरण गर्न नहुने र स्पष्ट परिभाषा तय गरेर मात्रै नामकरण गर्न उपयुक्त हुने उल्लेख गरे। उनले देशमा राष्ट्रिय गौरवको आयोजना जति थोरै भयो त्यति गौरव हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.