कविता : आमा

शंकरप्रसाद रिजाल
६ जेठ २०८० ८:०९
64
Shares

आमा तिमी गर्भ लिने मलाइ
आमा तिमी जन्म दिने मलाइ।

म जन्मिए गर्भ विशे रमाएँ
सानो तिम्रो गर्भाकासमा म तिल्मिलाएँ
तिम्रो वासनाको अदम्य खेलमा म पनि रमाएँ
हजार सूर्यको जस्तो तेजमा म तिर्मिराएँ।

तिम्रो आकाश जस्तो धर्तीमा म पनि निदाएँ
तिम्रो विशाल जिउमा म कताकता बिलाएँ।

आखिर मेरो द्वार खुलि गयो
चेतनाको मुस्कान फुटी गयो र तिमीले
दिएको संस्कार खुली रह्यो।

मेरो सुरक्षामा कुनै कमी रहेन
ठूलो हावाहुरीले पनि केही गरेन।

घामको तापले पनि क्यै गरेन
कुनै चिसोले पनि केही गरेन।

हजार शैनिकहरुको पहरा भन्दापनि बलियो
दिई सुरक्षा पनि भित्रको।

सानो कोठापनि कति दरिलो
धन्य आमा तिमी कति बलियो।

मेरो पीडाले तिमी छटपटायौ
मेरो पीडामा तिमी चल्मलायौ।

आमा तिमि आकास मान
आमा तिमी पृथ्वी समान।

सक्तिन आमा तिमीलाई कहिले,
भन्दिन आमा तिमीलाई कहिल्यै।

सकिन मैले तिमी बुझ्नलाई
सकिन मैले तिमी पुजनलाई।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *