संसदमा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै

डिसी नेपाल
७ जेठ २०८० ७:३७
124
Shares

काठमाडौं। सरकारको नीति तथा कार्यक्रममाथि संसदमा आजदेखि छलफल प्रारम्भ हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल प्रारम्भ हुनेछ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो ११ बजे बस्ने गरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल सुरु गरिने संसद सचिवालयले जनाएको छ।

सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफल गर्न आजदेखि ११ गतेसम्मको दिन तोकेका छन्। नीति कार्यक्रममाथि राष्ट्रियसभामा पनि आजदेखि छलफल हुँदैछ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजदेखि ९ गतेसम्म छलफल हुने जानकारी दिएका हुन्। उनका अनुसार ९ गते नै प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रमसमेत रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *