तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग

डिसी नेपाल
७ जेठ २०८० १४:१२
468
Shares

काठमाडौं। नेपाल चामल तेल दाल उद्योग संघले तोरीको तेलमा लागेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले अवैधानिक तरिकाबाट अत्याधिक रुपमा भित्रिएको तोरीको तेलका कारण नेपालका स्वदेशी उद्योगहरु बन्द भएको भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा सहुलियत दिनका लागि १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेको हो ।

संघले चामल, तेल र दाल मिल कृषि उद्योग भएकाले कृषि उद्योगले पाउने सुविधा पाउनुपर्ने र रातो बासमती विदेश निकासी खुल्ला गर्न पनि माग गरेको छ । त्यस्तै दाल निकासी गर्दा लाग्ने प्रतिकेजी १ निकासी शुल्क हटाउनुपर्ने, तयारी दालको सट्टा कच्चा दाल आयात गर्नुपर्ने, स्वदेशी दाल उद्योग संरक्षण गर्न तयारी दाल आयात गर्दा १.५ प्रतिशत एडभान्स इन्कम ट्याक्स लगाउनुपर्ने संघका अध्यक्ष सुवोध कुमार गुप्ताले बताए।

उनले सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गरि स्वदेशी कृषि उद्योग संरक्षणका साथै रोजगारी लगाएतका पूर्वाधारहरुको सृजना गर्न आगामी बजेटमार्फत मार्गप्रशस्त गर्न अनुरोध गरेको छ ।

हेर्नुहोस् भिडियो:

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *