एम्बाप्पे चम्किँदा पिएसजी फ्रेन्च लिगको उपाधि नजिक

डिसी नेपाल
८ जेठ २०८० ७:५४

काठमाडौं। केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जीत हासिल गरेको छ।

फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पिएसजीको जीतमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ। आइतबार राति अक्सेरेमाथि २-१ को जित निकाल्दै पिएसजी उपाधि भन्दा एक कदम पछाडि रहन पुगेकाे हाे।

आइतबारको खेलको छैटौ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १-० को सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेट पछि अर्थात् ८ औं मिनेटमा उनै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि कुनै गोल हुन नसक्दा पहिलो हाफ २-० मा टुंगियो।

तर, दोस्रो हाफको सुरुवाती अर्थात् ५१औं मिनेटमा लासिन सिनायोकोले गोल गर्दै खेललाई २-१ को स्थिति फर्काए। तर, त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन सकेन अन्तत खेल २-० मा नै टुंगिन पुग्यो।

फ्रेन्च लिग वानमा पिएसजीले अब दुई खेल खेल्न बाँकी छ। तर, उपाधि जित्नका लागि बाँकी रहेको दुई खेलबाट १ अंक मात्र जोडेमा पनि पिएसजी कीर्तिमानी ११औं पटक च्याम्पियन बन्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *