विश्वकप छनोटः २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा, काे-काे परे ?

डिसी नेपाल
८ जेठ २०८० १७:१०
4.2k
Shares

काठमाडौं । आगामी महिना जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपालले प्रारम्भिक टिमको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार २२ सदस्यीय टिमको घोषणा गरेको हो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी तथा अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा रहेका छन् ।

जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने छनोट प्रतियोगितामा घरेलु टोलीसहित वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, अमेरिका र युएईले प्रतिस्पर्धा गर्नेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *