लुम्बिनी प्रदेश दोस्रो अधिवेसनको पहिलो बैठक आज

डिसी नेपाल
१२ जेठ २०८० ६:०८
12
Shares

दाङ। लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेसनको पहिलो बैठक आज बस्दै छ। प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेसन आह्वान गरेका थिए। सोही आधारमा प्रदेश सभाको दोस्रो अधिवेसनको पहिलो बैठक बस्न थालेको हो।

बैठकको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुखबाट प्रदेश सभाको अधिवेसन आह्वान सम्वन्धि पत्र सभामुखले पढेर सुनाउने, प्रदेश प्रमुखको कार्यालयबाट “मौजुदा मन्त्रिपरिषद्‍मा नियुक्ति र कार्यविभाजन” सम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाउने रहेको छ।

यसैगरी दलको तर्फबाट प्रदेश सभा सदस्यहरुले शुभकामना मन्तब्य राख्ने, मुख्यमन्त्री एवं उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री डिल्ली बहादुर चौधरीले “औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक” सभामा पेश गर्ने, स्वास्थ्य मन्त्री राजु खनालले “स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक” सभामा पेश गर्ने कार्यसूची छ।

यसैगरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले “लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिने कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *