रेशम चौधरीको आममाफी रोक्न सरकारसँग जनमोर्चाको माग

डिसी नेपाल
१२ जेठ २०८० ११:०४
1.8k
Shares

काठमाडौं । सरकारले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेकोमा राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ ।

आज राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै टिकापुर घटना राजनीतिक नभएर नरसंहार भएको बताउँदै मुख्य नाइके रेशम चौधरीलाई आममाफी दिन सरकारले अगाडि बढाएको प्रक्रिया लाई राजनीतिक सौदाबाजीको आरोप लगाएका छन् ।

‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो ।’, जनमोर्चाका अध्यक्ष तथा सांसद केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले टिकापुर घटनामा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता मौलाउने बताउँदै अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने बताएका छन् ।

‘टिकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने छ । जसको परिणाम मुलुकमा कानुनको शासन नभएर अराजकता र दण्डहीनता मौलाउने छ । त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौँ ।’,विज्ञप्तिमा उल्लेख छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *