विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

डिसी नेपाल
२४ जेठ २०८० ११:३२
784
Shares

काठमाडौं। सरकारले आगामी सात बेल्जियमको ब्रसेल्समा आयोजना हुने विश्व महानगर सम्मेलनमा भाग लिन जान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अनुमति प्रदान गर्दे भ्रमण स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मेयर शाहको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

जेठ २९ देखि ३२ सम्म ब्रसेल्समा हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन बालेन शाह बेल्जियम जान लागेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *