माइतीघरमा धर्नामा बसेकालाई सिंहदरबार आउन गृहमन्त्रीकाे आग्रह

डिसी नेपाल
२४ जेठ २०८० १४:२१
228
Shares

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका स्थानीयलाई छलफलका लागि सिंहदरबार आउन आग्रह गरेका छन्।

बुधबार धर्नास्थल माइतीघर पुगेर श्रेष्ठले आन्दोलनरत पक्षले राखेका बिषयहरुमा सरकार सकारात्मक रहेको भन्दै छलफलमा बसेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन्।

उनले सिर्सिया नदीलाई स्वच्छ राख्नुपर्ने बिषयलाई सम्बोधन गर्न तत्कालिक र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताए। उनले सिर्सियाबासीको समस्या राज्यको पनि समस्या भएकाले सरोकारवाला मन्त्रालयहरुसँग पनि छलफल गरिने प्रतिवद्धता जनाए।

कलकारखानाबाट निस्किएको फोहर सिधै मिसाइँदा नदीमा प्रदुषण बढेको भन्दै उनीहरुले काठमाडौंमा धर्ना दिँदै आएका छन्। उनीहरुले सिर्सिया नदीको पानी भरिएको बोतल गृहमन्त्रीलाई देखाएका छन्।

त्यस्तै बुधबार नै गृहमन्त्री श्रेष्ठले माइतीघरमा सहकारी पीडितको आन्दोलनमा पुगेर यस बिषयको समाधान खोज्ने प्रतिवद्धता जनाए। उनले सहकारीका बचतकर्तामाथि न्याय हुने गरि सरकारले उपयुक्त कदम चाल्ने आश्वासन दिए।

मन्त्री श्रेष्ठले सहकारीका बचतकर्ताहरुको समस्याका बारेमा सरकार जानकार रहेको र समाधानका लािग समिति गठन गरिसकेको भन्दै पीडितको समस्या समाधान हुने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *