एक खुट्टाकी नृत्यांगना सीता सुवेदीलाई प्रस्तुतीका लागि बोलाइसकेपछि स्टेज चढ्न दिइएन

डिसी नेपाल
२५ जेठ २०८० ११:००
10.7k
Shares

काठमाडौं । एक खुट्टाले शास्त्रीय नृत्य गर्ने नृत्यांगना सीता सुवेदीलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रस्तुतीका लागि नाम उद्घोष गरेर बोलाइसकेपछि स्टेज चढ्नबाट रोकिएको छ।

आयोजकले २ पटकसम्म नाम उद्घोष गरेर बोलाउँदा पनि आफूलाई स्टेज चढ्न नदिइएपछि कलाकार सुवेदीले आफ्नो अपमान गरिएको आरोप लगाउँदै गम्भीर आपत्ति जनाएकी छिन् ।

फर्न इभेन्ट्सले काठमाडौंको र्‍याडिसन होटलमा आयोजना गरेको क्याप्टिभेटिङ क्रिएसन अवार्डस् नाइटको छैटौं संस्करणमा आफूलाई यसरी अपमान गरिएको उनको आरोप छ ।

आफूलाई स्टेज चढ्नबाट रोक्ने काममा मुख्य भूमिका सिर्जना सूत्र नामको संस्थाका सहसंस्थापक सुभाष प्रधानले गरेको कलाकार सुवेदीको आरोप छ।

सुवेदीका अनुसार आयोजक संस्थाका संस्थापक हरिश बब्बरले उनलाई नेपाल आएका बेला भेटेर यो कार्यक्रममा निम्तो दिएका थिए। यसबाहेक संस्थाको तर्फबाट उनलाई औपचारिक इमेल पनि प्राप्त भएको थियो।

उनलाई यो कार्यक्रममा अवार्डबाट सम्मानित गर्ने र कार्यक्रममा उनको प्रस्तुती पनि रहने बताइएको थियो। तर, कार्यक्रमका दिन प्रस्तुतीका लागि स्टेजमा बोलाइँदा उनलाई स्टेज चढ्नबाट रोकियो, दिने भनिएको अवार्ड पनि दिइएन।

सुवेदीका अनुसार ४ जूनका दिन आयोजना गरिएको यो कार्यक्रममा नेपाली र भारतीय दुवै पक्षको संयुक्त आयोजना थियो। कार्यक्रममा दुवै देशका कलाकार थिए । तर, अरु कलाकारकै हकमा पनि नेपाली र भारतीयलाई गर्ने व्यवहार फरक थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *