नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक देसाई दक्षिण अफ्रिका प्रस्थान

डिसी नेपाल
२५ जेठ २०८० १४:४१
364
Shares

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाई दक्षिण अफ्रिका प्रस्थान गरेका छन्। उनी एकदिवसीय विश्वकप छनोटका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारीका लागि नेपाली टिम दक्षिण अफ्रिका पुगिसकेको छ। १६ जेठमा नेपाली टिम पुगेको थियो भने २२ जेठमा सन्दीप लामिछाने गएका थिए।

भिसा प्रक्रियाका कारण मुख्य प्रशिक्षक देसाई बिहीबार दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेका हुन्। नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुईवटा तयारी खेल खेल्नेछ। बिहीबार नै नेपालले स्कटल्यान्डसँग र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

दक्षिण अफ्रिकामा १० दिनको तयारीपछि नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाब्वे प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *