नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका तर्फबाट आज वहश

डिसी नेपाल
२६ जेठ २०८० १०:५४
56
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको तर्फबाट बहस हुने भएको छ। काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज सांसद रायमाझीको तर्फबाट बहस हुन लागेको हो।

आइतबारबाट सुरु भएको थुनछेक बहसमा मंगलबारसम्म आठ सरकारी वकिलले बहस गरेका थिए। उनीहरूले प्रत्येक प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नु पर्ने माग गर्दै बहस गरेका छन्।

उनीहरूको बहस सकिएसँगै बुधवारबाट अभियुक्तहरूको बहस सुरु भएको हो। अभियुक्तहरूको तर्फबाट आज थुनछेक बहसको तेस्रो दिन हो।

हालसम्म ६ अभियुक्तको तर्फबाट बहस सकिएको छ। थुनछेक बहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रतिवादीहरुलाई धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *