अष्ट्रेलियामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु, ११ गम्भिर घाइते

डिसी नेपाल
२९ जेठ २०८० ६:३९
2.2k
Shares

साउथ वेल्स। अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिएको छ।

सो घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा १० जनाको मृत्यु भएको र ११ जनालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको थियो। साथै, १८ यात्रु भने सो दुर्घटनाबाट जोगिएका छन्।

प्रहरीका अनुसार घटनापछि आपतकालीन सेवालाई घटनास्थलमा बोलाइएको थियो। त्यसपछि ठूलो आपतकालीन अपरेशन सुरु गरिएको थियो। समाचार अनुसार बसका चालकलाई अनिवार्य परीक्षण र मूल्यांकनका लागि प्रहरी सुरक्षामा अस्पताल लगिएको थियो।

घाइते पीडितहरूलाई सडक र हवाई मार्गबाट ​​हन्टर उपत्यकाका धेरै अस्पतालहरूमा लगियो, जसमा घाइतेहरु नजिकको न्यू ल्याम्बटन हाइट्सको जोन हन्टर अस्पताल र वाराताहको मेटर अस्पतालमा उपचार गरिएको छ। सेसनकका मेयर जय सुवलले बस दुर्घटनालाई ‘भयानक’ भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *