बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ। बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४.४ रेक्टरस्केलको भूकम्प गएको हो। बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो।
यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment