एलन मस्कका चार हजार ५ सय बढी स्टारलिंक स्याटेलाइट अन्तरिक्षमा

डिसी नेपाल
३० जेठ २०८० ७:२६
576
Shares

फ्लोरिडा। विश्वकै धनी ब्यक्ति इलन मस्कले अन्तरिक्षमा पकड बढाउँदै लगेका छन्।

उनको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार मात्रै ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडे पछि उननको अन्तरिक्षमाथीको पकड क्रमश बलियो बन्दै गएको छ।

अमेरिकन सञ्चारमाध्यमका अनुसार ट्विटर र टेस्लाका प्रमुखसमेत रहेका मस्कको कम्पनि स्पेस एक्सको फाल्कोन-९ बुस्टर रकेटले ५२ वटा स्टारलिंक स्याटेलाइट हिजो अन्तरिक्षमा पठाएको थियो।

अमेरिकी समय अनुसार सोमबार बिहान ३ बजेर १० मिनेटमा फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च भएको उक्त रकेट ८ मिनेटमा काम सम्पन्न गरेर पृथ्वीमा फर्केको थियो।

समाचार अनुसार लन्च भएको ८ मिनेट ३० सेकेन्डमा फाल्कोन-९ को बुस्टर एट्लान्टिक महासागरस्थित अवतरण स्थलमा फर्किएको थियो। यस वर्ष उक्त बुस्टर रकेटको ९ औं प्रक्षेपण र अवतरण हो।

अन्तरिक्षको माथिल्लो भागमा रहेको स्टारलिंकका ५२ वटा स्याटेलाइटहरू यसपटक पृथ्वीको तल्लो कक्षमा छाडिएको छ। प्रक्षेपण भएको ६५औं मिनेटमा ती स्याटेलाइटहरूलाई पृथ्वीको तल्लो कक्षमा छाडने काम सम्पन्न भएको हो।

हालसम्म स्पेस एक्सले राखेका ४ हजार ५ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट मध्ये ४ हजार २ सय वटा सञ्चालनमा रहेको स्पेश एक्सका खगोलशास्त्री जोनाथलन म्याडेवल जानकारी दिएका छन्।

स्टारलिंक मेघा कन्स्टिलेसन निर्माणका लागि मस्कले १२ हजारवटा स्याटेलाइट राख्ने अनुमति पाएका छन्। तर, उनले थप ३० हजारवटा स्याटेलाइट राख्नका लागि अनुमति माग गरेको तर त्यसमा दिने नदिने भन्नेमा पुर्नबिचार भईरहेको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *