नेपालको राष्ट्रियता संकटोन्मुख : महामन्त्री सिंह
दाङ। नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालको राष्ट्रियता संकटोन्मुख रहेको बताएका छन्।
दाङको घोराहीमा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले नेपाली जनताले सय वर्ष लामो संघर्षबाट प्राप्त गरेको उपलब्धिलाई उल्टाउने शक्तिहरु सक्रिय भएको बताए।
नेपाली जनताको सय वर्षे लामो संघर्षको उपलब्धी अब कसले रक्षा गर्ने भन्ने हाम्रो सामु ठूलो समस्या रहेको उनले जिकिर गरे।
भारतले नेपालको सीमा अतिक्रम गर्दै लामो समयदेखि नेपालीलाई दुख दिने काम गरिरहेको बेला अमेरिकाले पनि हस्तक्षप गर्न थालेको र अमेरिकाले एमसीसी र एसपीपीमार्फत नेपालमा अमेरिकी साम्राज्यबाद लाद्न खोजेको उहाले बताए।
यसअघि नेपालमा भारत र अमेरिकाले यहाँका पुरानै दललाई प्रयोग गरी नेपालमाथि हस्तक्षप गर्दै आएकोमा अहिले नयाँ राजनीतिक दलनै खोलेर नेपालमाथि हमला गरिरहेको पनि सिंहको भनाइ छ।
यस्तै उनले नागरिकता विधेयकमार्फत ठूलो संख्यामा भारतीयहरुलाई नेपाली बनाउने चलखेल भइरहेको पनि बताए।







डिसी नेपाल







Facebook Comment