माओत्सेतुङको समाधिस्थलमा पुगेर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे श्रद्धाञ्जली अर्पण
काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिनाले मंगलबार बेइजिङस्थित माओत्सेतुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका उनको सचिवालयले जानकारी दिएको छ ।
९ सदस्यीय संसदीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन पुगेका अध्यक्ष तिमिल्सिनाले मंगलबार नै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (चाईनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हुनिङसंग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment