विश्वविद्यालय सेवा आयोग अध्यक्षमाथि कालोमोसो दल्ने नेविसंघ जिल्ला सभापति पक्राउ

डिसी नेपाल
३१ जेठ २०८० १४:३९
144
Shares

विराटनगर। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन्।

बुधबार मोरङको बुढीगंगा क्षेत्रबाट कालोमोसो दलेको घटनाको अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो। उनीमाथि सेवा आयोग अध्यक्ष दाहाललाई कालोमोसो दलेको आरोप छ।

केही दिनअघि दाहालको टाउकोमा कालो पदार्थ खन्याइएको थियो। जसको चौतर्फी विरोध भइरहेका बेला प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा पोखरेललाई पक्राउ गरेको हो।

उक्त घटनामा सहभागी भएका अन्यको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *