विद्यालय कर्मचारी परिषदले भोलिदेखि सामुदायिक विद्यालय बन्द गर्ने
काठमाडौं। भोलिदेखि सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द हुने भएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो ।
बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन ।
परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै केही समय देखी आन्दोलन गर्दै आईरहेको छ ।
आन्दोलनकारी शिक्षकहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भईसक्दा समेत आफनो माग प्रति सरकार गम्भिर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरे पछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय सम्बोधन गरे पनि बजेट बक्तब्यमा भने उक्त विषय छुटाए पछि परिषद् आन्दोलनमा उत्रिएको हो ।

No ads found for this position

डिसी नेपाल
खै के भन्ने यता काठमांडौ महानगर का मेयर साब बन्द नगर्नू भनेर आदेश दिनू हुन्छ तर बिध्यालय कर्मचारी परिसद भने बन्द को तयारी रे हुन त बन्द हण्ताल चोरी तोणफोण गर्न सिकाउनको लागी माओबादीले बार्ह बर्ष जंगल बसेर तालीम प्राप्त गराको छ गर गर आफ्नो बाउको जाने होईन क्यारे
जतादेखी पनि दूख्ख पाउने भनेको गरिबका छोरा छोरी त हो