भ्रष्टाचारका स्वरुप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाई भयोः अख्तियार प्रमुख राई

डिसी नेपाल
३ असार २०८० १६:३१
668
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारका स्वरुप परिवर्तन भएकाले नियन्त्रणमा कठिनाई भएको बताएका छन्।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राईले भ्रष्टाचारको रकम भुक्तानी गोष्ठी वा अरु कुनै कार्यक्रमका नाममा अन्तर्राष्ट्रिय क्षेत्र पुग्ने र प्रविधिको समेत दुरुपयोग हुने गरेकाले नियन्त्रणमा कठिनाई भएको बताएका हुन्।

उनले सुशासन कायम गर्न सके भ्रष्टाचार नै नहुने भन्दै सरकारले नै सुशासन कायम गर्न नसकेका कारण भ्रष्टाचार मौलाएको तर्क गरे। आयोगको एक्लो प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने मान्यतालाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

राईले उपभोक्ता समितिमार्फत काम गराउने सकारात्मक सोच भएपछि उपभोक्ता समिति नै बिचौलीयाका रुपमा देखिएको तर्क गरे। सरकारी निकायमा आवश्यक नै नपर्ने सामानहरु खरिद गर्ने र त्यसमार्फत फाइदा हुने प्रवृति बढ्दो रहेको उनले बताए।

उनले विनापूर्वाग्रह सवैधानिक जिम्मेवारी र अधिकार प्रयोग गर्दै भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन र समृद्धि हासिल गर्न आयोग केन्द्रित रहेको जिकिर गरे।

बैठकमा आयोगले गरेका कामकारवाही र भावी योजनाका बारेमा जानकारी गराइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *