सूर्योदय वोमी लघुवित्तको १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। सेयर बिक्री गर्ने संस्थापक सेयरधनीमा रामेश्वर श्रेष्ठ, देवेन्द्रकरमा श्रेष्ठ, निलमकुमार जीटी, डोलेन्द्र पौडेल, बालकृष्ण विश्वकर्मा र कृष्णबहादुर बीके रहेका छन्।
संस्थापक सेयरधनीहरु रामेश्वर श्रेष्ठको ८६ हजार कित्ता, देवेन्द्रकरमा श्रेष्ठको २० हजार ९१२ कित्ता, निलमकुमार जीटीको ३ हजार कित्ता, डोलेन्द्र पौडेलको २७ हजार १८८ कित्ता, बालकृष्ण विश्वकर्माको २३ हजार ९९२ कित्ता र कृष्णबहादुर बीकेको ८ हजार ५०३ कित्ता सेयर रहेका छन्।
यस सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। यस सेयरमा संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र ललितपुरको इमाडोलस्थित संस्थाको कर्पोरेट कार्यालय र काठमाडौँको नक्सालस्थित सेयर रजिस्ट्रार कुमारी क्यापिटलमा निवेदन दिनुपर्नेछ।
यो अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।







डिसी नेपाल







Facebook Comment