नारायणगढ-मुग्लिन सडक : पहिरो सफा गर्न समय लाग्ने

डिसी नेपाल
१७ असार २०८० १२:३०
216
Shares

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए। पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ। अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भने।

सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.