सरकार फेर्न पर्दा पछाडि यस्तो चलखेल

डिसी नेपाल
१८ असार २०८० १०:३९
780
Shares

काठमाडौं। नेपालमा सरकार परिवर्तन दलहरुको होइन, विदेशी राष्ट्रहरुको प्रभाव रहँदै आएको छ। अझ लोकतन्त्र आइसकेपछि त अहिलेसम्मका कुनै पनि सरकार आफ्नो तजबिजीले गठन नभएको राजनीतिक विश्लेषकहरुको दाबी छ।

प्रायः भारतको बढी र त्यसपछि चीनको प्रभावमा नेपालमा सरकार निर्माण हुँदै आएको छ। यसपालि भने सात समुद्र पारिको प्रभावसमेत दाबीसमेत नेपालमा भइरहेको छ।

पाँच वर्ष टिक्ने दाबी भइरहेको वर्तमान सरकार केही समयमा नै परिवर्तन हुने संकेत आइरहेको छ। सोही अनुसार, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अब छिट्टै ढल्ने दाबी गरिएको छ।

भारत र चीनको होइन, सरकार फेर्ने पालो अमेरिकाको भएको दाबी गरिएको छ। यसका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको सहयोग लिइरहेको बुझिइएको छ।

उच्च स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवालाई सरकारको नेतृत्वमा ल्याउनका लागि सघाउने भएका छन्।

ओलीले त्यसका लागि अमेरिकी सहयोग मागिरहेको समेत दाबी गरिएको छ। ओलीेले प्रचण्ड नेतृत्वको सरकार ढाल्नका लागि केही समयअघि देखि नै प्रयास गरिरहेको चर्चा बाहिरिएको थियो।

तर यस विषयमा ओलीले कांग्रेससँग प्रचण्ड सरकार ढाल्नका लागि कुनै सहकार्य नभएको दाबी गरेका छन्। त्यसो त कांग्रेसका नेताहरुले पनि यो गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने दाबी गरिरहेका छन्।

परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम पुगेर शनिबार मात्रै पनि यो सरकार पाँच वर्षसम्म टिक्ने दाबी गरेका थिए। जबकि यसअघिको कांग्रेससँगको सहमति अनुसार प्रचण्ड र देउवा दुई दुई वर्ष तथा माधव नेपालले एक वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको दाबी गरिएको थियो।

खासमा यिनीहरुको दाबी र अहिले भइरहेका स्पष्टिकरणसँग कुनै तालमेल देखिँदैन। त्यतिमात्रै होइन, एमालेले चाह्यो भने जतिबेला पनि सरकार ढाल्न सक्ने उमाले सचेतक महेश बर्तौलाले भन्दै आएका छन्।

एमालेले चाहने हो भने अब अमेरिकी सहयोग र बलले नै भएको विश्लेषण भइरहेको आजको जनभावना साप्ताहिकमा खबर छापिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *