बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु

डिसी नेपाल
२२ असार २०८० १३:३३
1.4k
Shares

खैबर पख्तुनख्वा। पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ।

क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ। एक जना बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एक जनाको खोजी भइरहेको छ। दुर्घटनाका बेला १० जना बालबालिका क्रिकेट खेलिरहेका बताइएको छ। बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बलौटे ढिस्को खसेको हो।

यसैबीच, गत मे महिनामा सिन्धको सङ्घार जिल्लाको अचरो थार क्षेत्रको एउटा घरमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा एकै परिवारका दाजुभाइको ज्यान गएको थियो भने बाबु घाइते भएका थिए। त्यसअघि मार्चमा तल्लो कोहिस्तानको पट्टन क्षेत्रको घरमा आगलागी हुँदा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० सदस्यको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *