गजल : विश्वास

कृष्ण मिराज
२३ असार २०८० १०:०८
216
Shares

घातक हुँदैन हाम्रो सम्बन्ध मनले विश्वास लिन्छ
जस्तो कि हावा पानीको संगतले फलाम सकिन्छ

गलत नठान्नु बुझेपछि पनि यथार्थ मुस्कुराउनुको
आँसु या पानीले परेला भिजेको कसरी छुटिन्छ

आफैं सकिने रहेछन् अरुलाई सिध्याउन खोज्नेहरु
सत्य लाग्छ उखान मकै पिन्दा घुन पनि पिधिन्छ

कति लुट्छ्यौ आफैं जान्नु गुनासो छैन अब केही
तिमी छचल्किँदा मात्र यो मन छताछुल्ल पोखिन्छ

सपना सझाएर मनमा हेरिरहन्छु तिम्रो बाटो
बाटो बिराएको खबरले पनि मेरो धड्कन रोकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *