मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार ६ जनाकै शव भेटियो
रासस
काठमाडौं । सोलुखुम्बुबाट काठमाडौ आउँदै गर्दा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै शव भेटिएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार ६ जनाकै मृत्यु भएको पुष्टि भएको छ ।
शवहरु संकलन गरी काठमाडौं ल्याउनका लागि तीन वटा हेलिकप्टर परिचालन गरिएको छ । दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर नजिकै भकान्जे भन्ने स्थानमा अवतरण भएको महाप्रबन्धक तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मनाङ एयरको ९एन–एएमभी हेलिकप्टरमा पाइलटसहित जम्मा ६ जना सवार थिए । यीमध्ये ५ जना मेक्सिकोका नागरिक थिए । पाइलट भने नेपाली सीबी गुरुङ थिए ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment