रविकाे जिकिर : रास्वपा सरकारकाे रेसमा छैन

डिसी नेपाल
२८ असार २०८० ११:५४
128
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने कुनै योजना नरहेको बताएका छन्।

बिहीबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै लामिछानेले अहिले पार्टी विस्तार लगाएत अन्य आन्तरिक काममा रास्वपाको ध्यान केन्द्रीत रहेको भन्दै सरकारमा सहभागी हुने योजना नरहेको र पार्टी भित्र पनि कुनै छलफल नभएको बताएका हुन्।

लामिछानेले सरकारमा जाने रेसमा पार्टी नरहेपनि सरकारको स्थायित्वको पक्षमा रास्वपा रहेको जिकिर गरे। उनले पार्टीले आफ्ना निर्णयहरु स्वतन्त्र रुपमा गर्ने गरेको भएपनि कहिले सत्ता पक्ष र कहिले प्रतिपक्षी निकट भनेर आरोप लाग्ने गरेको बताए।

अहिले रास्वपा प्रतिपक्षीमा रहेको भन्दै सवै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने उनको भनाइ छ।

लामिछानेले मिटरव्याजसम्बन्धी कानूनलाई अन्तिम दिनमा सदनमा ल्याउनुले आशंका उत्पन्न गरेको र अब सत्तामा रहेका दलहरु नै विपक्षमा उभिन सक्ने उल्लेख गरे। उनले दुईवटा संसदीय समितिको नेतृत्वमा रास्वपाको दावी गरेको जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *