नहरले बगाउँदा २० वर्षीय युवकको मृत्यु

डिसी नेपाल
२८ असार २०८० १९:०४
468
Shares

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक युवक बिहीबार दिउँसो मृत फेला परेका छन्। नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीय गणित राजवंशीको आज शव फेला परेको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार जहदा–३ स्थित मामा घरमा बस्दै आएका उनलाई पौडी खेल्ने क्रममा बुधबार साँझ नहरले बगाएर बेपत्ता बनाएको थियो। खोजतलास गर्ने क्रममा बेपत्ता बनाएकै स्थान नजिक बिहीबार दिउँसो ४ बजेतिर गणितलाई मृत फेला पारिएको डीएसपी दाहालले बताए।

गणितसँगै पौडी खेल्न नहरमा छिरेका जहदा–३ का १८ वर्षीय दिपेश राजवंशीलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो। दाहालले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *