मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको एमाले सांसदको आरोप

डिसी नेपाल
२९ असार २०८० १६:५२
96
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा पन्तले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फैलाउँदै हिड्ने सरकारले सदन चल्दा पनि मिटरब्याजसम्बन्धी विधेयक सरकारले अघि बढाउन नचाहेको आरोप लगाएका हुन् । उनले उक्त विधेयक रोकिनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने माग गरे ।

त्यस्तै पन्तले आफुले विधेयक नल्याउने तर दोष एमालेप्रति लगाउने कुरा उचित नभएको बताए । उनले संगीत नाट्य प्रतिष्ठानको भवनका लागि छुट्टाएको १५ रोपनी जग्गा नीजि क्षेत्रलाई भाडामा दिन तयार हुने तर संस्कृतिको जगेर्नाका लागि भने सरकारले कुनै काम गर्न नसकेको धारणा राखे । उनले आफु राजतन्त्रवादी नभएपनि गणतन्त्रवादीहरुले राम्रा काम राजाहरुबाट पनि सिक्न हुने तर्क गरे ।

बैठकमा प्रतिनिधिसभाका सचिव पद्यमप्रसाद पाण्डेयले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक असार ३१ गते बोलाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.