संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भन्ने कुरा प्रमुख हुन्छः केपी ओली

डिसी नेपाल
२९ असार २०८० १८:५४
188
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसारको राज्य भन्दा पनि राज्यको संविधान कस्तो छ भन्ने प्रमुख कुरा भएको बताएका छन्।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको २४ औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनता र राष्ट्रको हित गर्नका लागि संविधान आवश्यक रहेको भन्दै राज्यको संविधान कस्तो छ भन्ने प्रमुख कुरा भएको बताएका हुन्।

ओलीले देशको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डता राष्ट्रिय स्वार्थलाई माथि उठाउने र सुशासन केन्द्रीत संविधान जनताले चाहेको धारणा राखे। उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्नका लागि अहिलेको संविधान आएपनि यसमा अपूर्ण देखि आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए।

उनले भारत लगायतका देशमा पनि सयौं पटक संविधान संशोधन भएको उदाहरण दिँदै देशलाई अघि बढाउने सन्दर्भमा नेपालमा पनि आवश्यक अनुसार संविधानको संशोधन हुन सक्ने बताए।

ओलीले समग्रतामा मानवअधिकार पूर्तिहुनका लागि समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.