देउवा निवासमा सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने
काठमाडौं । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन्।
भोलि सोमबार दिउँसो २ बजे आफ्नो निवासमा देउवाले छलफलका लागि बैठक बोलाएका हुन्।
देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने छन्।
गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ। भोलिको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment