एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान
काठमाडौँ। पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्।
कम्बोडियामा हुन गईरहेको आम निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीको नेतृत्व ६ सदस्यीय टोली गत राति कम्बोडिया प्रस्थान गरेको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त टोलीमा ओलीसहित पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत सहभागी रहेका छन्।
ओली यही साउन ८ गते स्वदेश फर्कने छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment