वनमन्त्री महतो र युएनडिपीका आवासीय प्रतिनिधि आसायनीबीच भेटवार्ता

डिसी नेपाल
४ साउन २०८० १२:४१
44
Shares

काठमाडौं। वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले शिष्टाचार भेटवार्ता गरेकी छिन्।

आज (बुधबार) सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा नेपालको विकासमा युएनडिपीले पुर्याएको योगदानको मन्त्री महतोले प्रशंसा गरेका थिए। मन्त्री महतोले आगामी दिनमा पनि नेपालको समग्र विकासमा युएनडिपीको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए।

लबेले भने युएनडिपीले हाल नेपालमा विभिन्न महत्वपूर्ण क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताएकी छिन्। सो अवसरमा वन तथा वातावरणको क्षेत्रमा भैरहेको सहकार्यलाई जारी राख्ने पनि कुराकानी भएको मन्त्री महतोको सचिवालयले जनाएको छ।

नेपालको पर्यटन प्रबर्धन, नवप्रवर्तन, फोहोर व्यवस्थापन, संसद् सहयोग कार्यक्रम, निर्वाचन सहायता परियोजनामा युनिडिपीले सघाउँदै आएको छ । आसायनी नेपाल आउनुअघि मोरक्कोमा रहेर काम गरेकी थिएन। नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य भएदेखि नै नेपाल र युएनबीच सहकार्य जारी छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.