बल प्रयोग गरेर बन्चरेडाँडा लगियो फोहोर (तस्बिरहरू)
काठमाडौं । केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरेडाँडा लगिएको छ। साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरेडाँडा लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा लगिएको हो। फोहोर लैजादै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए।
यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन।
काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment