युवतीमाथि एसिड प्रहार गर्ने युवक पक्राउ
काठमाडौं । युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।
शुक्रबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर–१४ का १६ वर्षीय आशिष सुनारलाई पक्राउ गरिएको हो ।
बेलुका पाँच बजेतिर विनपा–१४ को मैकल बजार नजिक बराहताल गाउँपालिका १० की अन्दाजी १७ वर्षीया सोविता बुढालाई उनले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
एसिड युवतीलाई हान्न खोजिएपछि निजलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेर घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment