दाङमा अविरल वर्षाले १६ घर डुबानमा, एक घर भत्कियो

डिसी नेपाल
९ साउन २०८० १९:१५
68
Shares

काठमाडौं । अविरल बर्षाका कारणले दाङको लमही नगरपालिका गढवा गाँउपालिका र राजपुर गाँउपालिकामा १६ घर डुबानमा परेका छन् भने एक घर भत्किएको छ ।

घरहरु डुबानमा परेको खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले नागरीकहरुको उद्दार गरेर सुरक्षित स्थानमा सारेको छ । राजपुर गाँउपालिका २ कि पुष्पा नेपालीको घर भत्किएपछि उनको परिवारलाई छिमेकी ग्वाते कुमालको घरमा सारिएको दाङ प्रहरीले जनाएको छ ।

त्यसैगरी खहरे खोलाहरुमा आएको बाढीका कारण गढवा कालाकाँटे हुलाकी सडक खण्ड अवरुद्ध भएको छ । पालिकाको सहयोगमा डोजरहरुको प्रयोग गरेर बाढि संगै आएको पहिरो तथा लेदो हटाउने काम शुरु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै तुलसीपुर देखी घोराही आउँदै गरेको स्कारपियो तुलसीपुर १४ मा पर्ने स्थानिय खोलामा आएको बाढिले बगाएको छ । गाडीमा चालक मात्रै रहेको र चालकको उद्दार गरिएको पनि प्रहरी जनाएको छ ।

लगातारको वर्षाले राप्ती नदि र बबई नदिमा बाढि आउन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभाव फिल्ड कार्यालय दाङले बिहानै नदी तटका बासिन्दालाई सतर्क रहन सुचना जारी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *