साना व्यापारीहरुमाथि नगरप्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगर अगाडी प्रदर्शन

डिसी नेपाल
१३ साउन २०८० १७:२९
40
Shares

काठमाडौं । सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरुमाथि नगरप्रहरीले ज्यादती गरेको भन्दै काठमाडौं महानगरको कार्यालय अगाडी प्रदर्शन गरेको छ ।

आफुहरुलाई गरिखान नदिएको र नगर प्रहरीहरुले चरम ज्यादती गरेको भन्दै साना व्यापाहरीले भृकुटिमण्डपस्थीत महानगरको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।

ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरुलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुले जनाएका छन् । ठेलागाडा, साइकल तथा फुटपाथ व्यवसाय प्रतिबन्ध लगाउनुको साटो सवैलाई गरिखान दिन अन्य स्थानमा बिकल्प दिनुपर्ने उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो, गरिब होइन गरिबी हटाऊ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *