नेदरल्यान्ड्स पठाइदिने भन्दै ६ जनाको ४५ लाख ठगी

डिसी नेपाल
१५ साउन २०८० १७:५५
188
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेदरल्यान्ड्स पठाइ दिन्छु ६ जनाबाट करिब ४५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर स्थायी घर भई काठमाडौंको शान्तिनगर बस्दै आएका ३७ वर्षीय कपिल वर्मा रहेका छन्। सुपरमार्केटको स्टोरकिपरमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख रुपैयाँ खर्च लाग्ने र मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने प्रलोभन देखाइएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्मालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *