जंगलमा बेवारिसे अवस्थामा शिशु फेला
बारा । बाराको निजगढ नगरपालिका–१ धन्सार पुल नजिकैको जंगलमा करिब एक वर्षको शिशु बेवारिसे अवस्थामा फेला परेका छन्। बालक महेन्द्र राजमार्गअन्तर्गत बारा–रौतहट सडकखण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।
जनकपुर–बीरगंज चल्ने बसका यात्रुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालकलाई बिहान जंगलमा छाडेको हुनसक्ने उनको प्रहरीको अनुमान छ।
बालकलाई उद्धार गरी जिल्ला अस्पताल कलैयामा राखिएको छ। बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment