पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त, जिल्ला अदालतले हिरासतमा राख्न दिएन अनुमति
काठमाडौं । केही समुदायका विवाह संस्कारका विषयमा दिएको विवादास्पद अभिव्यक्तिका आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ थुनामुक्त भएकी छिन्।
जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि प्रहरीले उनलाई थुनामुक्त गरेको हो। उनलाई दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा बुधबार पक्राउ गरेको थियो ।
पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शनसमेत गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment